१९ माघ २०७७, सोमबार   268 पटक हेरिएको


image

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले यही २०७७ माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण शेयर  बिक्रि खुला गर्ने भएको छ ।यस लघु बित्त संस्थाको  प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।

यस लघु बित्त संस्थाको जारी पुँजी १० लाखको ४० प्रतिशत हुन आउने ४ करोड रकम बराबरको जारी गर्न लागिएको ४ लाख कित्ता शेयर मध्ये जारी पुँजीको ०.५% अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधरणलाई छुट्याइएको शेयर मध्ये ५% अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको जनाइएको छ ।यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार