
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले स्थानीय वासिन्दालाई निष्काशन गरेको साधारण शेयर( आईपिओ )मा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले साधारण शेयरमा छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा सो अवधिसम्म पर्याप्त आवेदन नपरेपछि आवेदन दिने म्याद थप गरेको हो ।यो मिति थप संगै अब कम्पनीको आईपिओमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दालाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।यस आईपिओमा दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ ।
आईपिओ निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २१ गते शेयर निष्काशनको अनुमति दिएको हो । स्थानीयलाई पछि कम्पनीले सर्बसाधारणलाई २९ लाख कित्ता शेयर निष्काशन गर्ने छ ।