१६ माघ २०७७, शुक्रबार   631 पटक हेरिएको


image

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण शेयरको बाडफाड आज हुने भएको छ। आज सुक्रबार १० बजे बाडफाड हुन लागेको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ । यसघि प्रि-अलोटमेन्टबाट कति जना आवेदकले कति कित्ता शेयर हात पार्नेछन्, कति वटा आवेदन योग्य तथा रद्द भई शेयर प्राप्त नगर्ने छन्, भन्ने जानकारी भैसकेको छ । बैंकको शेयर वाँडफाँडको लागि एनआईविएल एस क्यापिटले बुधबार प्रि अलोटमेन्टको सबै काम सकाएर धितोपत्र बोर्डमा विवरण बुझाएको छ । बोर्डबाट स्वीकृति भएपछि बैंकको शेयर शुक्रबार १० बजे बाँडफाँड गर्ने बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।
बैंकको उक्त आईपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका छन् । बैंकको आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन हो । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।

यस बैंकले यहि २०७७ माघ २ गते शुक्रबारदेखि माघ ६ गते, मंगलबार सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.२० % अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५%ले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो । यो निफ्रा बैंकको साधारण शेयरमा अहिले सम्मकै धेरै शेयर जारी गरेको हुनका साथै माग भन्दा बढी आवेदन परेको हुनाले सबै जनाले माग गरे अनुसार पाउँदैनन्। पचास कित्ता भन्दा कम माग गर्नेले सबै र अधिकतम कित्ता माग गर्ने ले गोलाप्रथा बाट ६० कित्ता शेयर पाउने देखिन्छ ।

नया शेयर आउदै
साधारण शेयरमा लगानी गर्ने इच्छुकलाई हप्ता पिच्छे एक एक गर्दै साधारण शेयर खुला भएको बेला ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते शुक्रबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।
महिला लघु बित्त बित्तीय संस्थाले साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (SEBON) निवेदन दिएकोमा मिति २०७७ माघ ०८ गते स्वीक्रति भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला अनुमति प्राप्त गरेको छ ।





सम्बन्धित समाचार