१५ माघ २०७७, बिहीबार   326 पटक हेरिएको


image

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL)को ३२औं वार्षिक साधारण सभा आज माघ १५ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा सम्पन्न भएको छ ।

यस कम्पनीको सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई १०% बोनस शेयर र ०.५३% नगद (कर प्रयोजनका लागि) गरि कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै यसै सभामा सञ्चालक समितीको वार्षिक प्रतिवेदन आ.ब. २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण तथा अन्य बित्तीय बिबरण आदि एजेन्डाहरु पारित गरिएको छ ।

तपाईसंग समाचार ,लेख ,सूचना तथा सुझाव भए हामीलाई ईमेल गर्नु सक्नु हुन्छ।





सम्बन्धित समाचार