१५ माघ २०७७, बिहीबार   1317 पटक हेरिएको


image

यो बर्षको कक्षा १२ को परीक्षाको नतिजा आईतबार सम्ममा प्रकाशन गर्ने भएको छ । स्रोतका अनुसार नतिजा सार्वजनिक गर्ने सम्पूर्ण तयारी लगभग सबै सकेको जानकारी दिएको छ ।स्कुलले नतीजा पठाउदा लापरबाही भएको कारणले पनि नतीजा प्रकाशित गर्न ढीला भएको जानकारी प्राप्त भएको छ ।

कक्षा १२ को नतिजा पुस १५ गते भित्र प्रकाशन गर्ने भनिएकोमा अधिकांश विद्यालयहरुले परीक्षार्थीहरुको सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा केही ढिलासुस्ती हुन गएको थियो ।

विद्यार्थीहरुको सिम्बोल नम्बर सिरियली नभएकोले गर्दा कम्प्यूटरमा ईन्ट्रि गर्न नसकेका कारण माघको पहिलो सातामा पनि नतिजा प्रकाशन हुन सकेन । त्यसलाई मिलाउन अब केही काम मात्र बाँकी रहेको भन्दै बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्न अब केही दिन मात्र लाग्ने भनिएको थियो ।सोही अनुरुप, कक्षा १२ को नतिजा आईतबार सम्ममा प्रकाशित हुने स्रोतले जनाएको छ ।





सम्बन्धित समाचार