PalikaExpress
१५ माघ २०७७, बिहीबार
387 पटक हेरिएको

सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ३१ करोड ५० लाख रूपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) को निष्कासन तथा बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र सुपर मादी हाइड्रोपावर लिमिटेडका तर्फ बाट अध्यक्ष पुष्प ज्योति ढुंगानाले हस्ताक्षर गरेका छन ।