१५ माघ २०७७, बिहीबार   264 पटक हेरिएको


image

एनआइसी एशिया बैंक (NICA)ले आ.ब. २०७७/७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।बैंकले यस त्रैमासमा २ अर्ब ६ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधीमा २ अर्ब १ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २.२ प्रतिशले बढेको छ ।बैंकले २ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेर २ खर्ब २१ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब १ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६० अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ९४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब ३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९० करोड रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ७२ करोड ८१ लाख रहेको छ । हाल कम्पनीको चुक्तापुँजी ११ अर्ब ५६ करोड रहेको छ । जगेडा कोषमा ६ अर्ब ८९ करोड छ भने कम्पनीको संचित नाफा ७७ करोड ६६ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.४३% रहेको छ गत आर्थिक वर्षमा ०.४६% रहेको थियो ।गत बर्ष भन्दा यो पटक केही सुधार भएको देखिन्छ। कम्पनीको प्रति सेयर आम्दानी ४१.६१ बाट घटेर रु ३५.७३ रहेको छ भने नेटवर्थ रु १५७.७१ रहेको छ।





सम्बन्धित समाचार