
काठमाडौं । अब आ;र्यघा’टमा श’व’ जलाउन निशुल्क दाउरा उपलब्ध हुने भएको छ । वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्ना योजना सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा श’व’ ज’लाउ’न निशुल्क दाउरादेखि सातै प्रदेशमा चिढियाखानाको योजना सुनाएका हुन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री आलेले नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने गरी नयाँ कार्यक्रम लागू गर्ने योजना अघि सारेका छन् । कतिपय गरीब मानिससँग आफन्तको मृ’त्यु’पछि आ’र्यघा’टमा पुर्याएर ज’लाउनका लागि दाउरा किन्न सक्ने पैसासमेत छैन ।’ दाउरा नभएकै कारण कतिपयलाई अन्तिम दा’हसंस्का’र गर्न मुस्किल भइरहेको छ । आ’र्य’घाटमा पैसा नहुनेले ज’लाउन पनि नपाउने अवस्थाको अन्त्य गर्नका लागि यो योजना सारिएको उनले भने ।
उनले कस्तूरी, चरा, हाव्रे लगायतका १० प्रजातिको वासस्थानको पहिचान गरेर जीवजन्तु वृहत् उद्यान कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारे । त्यस्तैै महानगर तथा उप–महानगर क्षेत्रमा बगैंचा हरियाली विकास गर्ने कार्यक्रमको पनि थालनी गरिने उनको योजना छ । सबै प्रदेशलाई समेट्ने गरी सातवटै प्रदेशमा चिडियाखाना स्थापना गर्ने योजना पनि मन्त्री आलेले अघि सारेका छन् । पाँच वटा ठूला ताललाई नमूनाका रुपमा विकास गर्ने गरी मन्त्रालयले सर्वेको काम अघि सारिसकेको जनाएका हुन्। मन्त्री आलेले आफ्नो प्रदेश सुदूरपश्चिममा बडीकेदार संरक्षण क्षेत्र २५० वर्गकिलोमिटर बझाङको सैपाल, अछामको रामारोशन तथा लिली भ्याली ५०० वर्गकिलोमिटर क्षेत्रलाई समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गर्नका लागि काम सुरु गर्ने पनि उनले बताए । वनमन्त्री आलेले लगानीको टुंगो नलागेसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि रूख काट्ने काम अघि नबढ्ने दावी समेत गरे ।