१४ माघ २०७७, बुधबार   208 पटक हेरिएको


image

सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (SEBON) निवेदन पेश गरेको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५० करोड रूपैयाँ बराबरको ५० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि यही २०७७ माघ ५ गते, नेपाल धितो पत्र बोर्डमा निवेदन पेश दिएको छ ।

कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

यस हाईड्रो कम्पनीले साधारण शेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिको छ । साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ । 





सम्बन्धित समाचार