१४ माघ २०७७, बुधबार   590 पटक हेरिएको


image

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA)को साधारण शेयरको प्रि अलोटमेन्ट आज हुने भएको छ। प्रि-अलोटमेन्ट हुन लागेको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ । प्रि-अलोटमेन्टबाट कति जना आवेदकले कति कित्ता शेयर हात पार्नेछन्, कति वटा आवेदन योग्य तथा रद्द भई शेयर प्राप्त नगर्ने छन्, भन्ने कुरा थाहा हुन्छ । आज प्रि-अलोटमेन्ट सम्पन्न भएपछि शुक्रबार बाँडफाँड हुनेछ ।

बैंकको आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन हो । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।

यस बैंकले यहि २०७७ माघ २ गते शुक्रबारदेखि माघ ६ गते, मंगलबार सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.२० % अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५%ले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो । 

यो निफ्रा बैंकको साधारण शेयरमा अहिले सम्म कै धेरै शेयर जारी गरेको हुनका साथै माग भन्दा बढी आवेदन परेको हुनाले सबै जनाले माग गरे अनुसार पाउँदैनन्। पचास कित्ता भन्दा कम माग गर्नेले सबै र बाकीले सबै जनाले करिब ५० कित्ता शेयर पाउने भने पक्का रहेको छ। आज प्रि अलोटमेन्ट पश्चात थाहा हुनेछ ।





सम्बन्धित समाचार