१४ माघ २०७७, बुधबार   119 पटक हेरिएको


image

अमेरिकाले आफ्ना नागरिकलाई भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ । बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो ।

अमेरिकाले कोरोना महामारी, आतंकवाद , धार्मिक र साम्प्रदायिक हिंसाको अवस्था आदिलाई  मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा समेत नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको ठहर छ ।

भारत–पाकिस्तानको सीमा क्षेत्रमा गोलीबारी तथा दोहोरो भिडन्त भएको खबरहरु सार्वजनिक भइरहेका छन् । सोको कारण अमेरिकाले आफना नागरिकलाई त्यस क्षेत्र तथा स्थान भ्रमण नगर्न सूचना जारी गरेको हो  ।





सम्बन्धित समाचार