१३ माघ २०७७, मंगलवार   188 पटक हेरिएको


image

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ८ गते, बिहीबार नेपाल धितोपत्र बोर्ड मा (SEBON) निवेदन पेश गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार