१३ माघ २०७७, मंगलवार   1062 पटक हेरिएको


image

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साता भित्रै बाँडफाँड गर्ने तयारी थालेको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबारसम्ममा बाँडफाँड गर्ने गरी तयारी थालेको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले अझै एक दुई दिन सम्ममा आवेदन भेरिफिकेशन काम सकाएर शुक्रबार भित्रै शेयर बाँडफाँड गर्ने जनाएको छ ।बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

बैंकको उक्त आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हुन आउछ ।अहिले सम्मको ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले ५० कित्ता शेयर पाउने लगभग निश्चित रहेको छ ।





सम्बन्धित समाचार