PalikaExpress
११ माघ २०७७, आईतवार
271 पटक हेरिएको

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ७ गते बसेको संचालक समितिको ४२ औ बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा फागुन ३ गते सोमबार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरिनेछ ।त्यसैगरी, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७६ साल आषाढ मसान्तको वासलात, सोहि अवधिको नगद प्रवाह बिबरण ,तथा अन्य बित्तीय बिबरण स्वीकृत गरिनुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि तोकिनेछ । त्यसै सभाले बैठकको भत्ता खर्च तथा कम्पनीको सर्वसाधारण सेयर (आइपिओ) निष्काशन बारे पनि छलफल गरिनेछ ।