११ माघ २०७७, आईतवार   497 पटक हेरिएको


image

बीएस्सी तेस्रो वर्षमा अध्ययनरत सृष्टि गोस्वामीले आइतबार (आज) का लागि मुख्यमन्त्री बन्ने बताइएको छ । बालिकाहरूलाई सशक्तिकरण गर्न यस्तो गर्न लागिएको अध्यक्ष नेगीले बताएकी छन् । बीएस्सी तेस्रो वर्षमा अध्ययनरत सृष्टिले आफूले यो क्षणलाई विश्वासै गर्न नसकिरहेको प्रतिक्रया दिएकी छिन् । हरिद्वारकी श्रृष्टि गोस्वामी एकदिनका लागि मुख्यमन्त्री बन्ने भएकी हुन् । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।


‘म यो समय युवाहरूले प्रशासनिक क्षेत्रमा बसेर आम मानिसको सेवाका लागि राम्रो काम गर्न सक्छन् भन्ने कुरा सावित गरेर देखाउनेछु । ‘अझै यो सत्य हो भनेर विश्वासै गर्न सकिरहेकी छैन’, ‘ उनले भनिन्, सृष्टिले सरकारले गर्न लागेका विभिन्न कामको अवलोकन तथा अधिकारीहरूबाट ब्रिफिङ सुन्नेछिन् । त्यसपछि उनले आवश्यक सल्लाह दिने बताइएको छ ।





सम्बन्धित समाचार