११ माघ २०७७, आईतवार   2686 पटक हेरिएको


image

स्टक डिलरले सञ्चालन अनुमति पाएसंगै अब बजार कति अंकले बढ्ला ? कति बढाउला भन्ने खुबै चर्चापरिचर्चा हुन थालेको छ, चिया गफदेखि तारे होटलसम्म कपाल काट्ने सैलुनदेखि टोलटोल बस्ति बस्तिसम्म। स्टक डिलरले पायो सञ्चालन अनुमति, सर्वसाधारणलाई पनि शेयर ! बजार अब चुचुरो तर्फ भन्ने सबैलाई लाग्न सक्छ। आजको बजारको आवस्यकता यहि थियो र लगानी कर्ताले सोचेको खोजेको अन्तर्मनको माग पनि पुरा भएको छ। बजारमा अप्रत्यासि कारोबारलाई पक्कै पनि रोक्ने छ। धितोपत्र बजारमा लगानी गर्ने र बजारको उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले खोलिएको नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न अनुमति पाएको हो।

स्टक डिलरले सञ्चालन अनुमति पाएसंगै पुनर्बीमा कम्पनिको शेयरमा पक्कै पनि हारालुस हुन सक्ने शेयर बिस्लेसक/जानकार दिपक कार्की बताउछन। त्यसो त पछिल्लो समय निकै नै रोजाइमा पर्न सफल कम्पनि रह्यो नेपाल पुनर्बिमाको शेयर। गत आब ७६/७७ को लाभाग्सको पर्खाइमा छन् लगानी कर्ता। त्यस्तै पुजी बढाउनको लागि पक्कै पनि हक्प्रदको बाटोमा जानै पर्ने उहा भन्नु हुन्छ। सेयर बजारमा स्टक डिलरले घुमाउरो तरिकाले शेयरमा लगानी गर्दै आएको थियो । स्टक डिलर कम्पनीमा पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ। नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, सेयर स्वामित्व रहेको छ। सर्वसाधारणका लागि ३० प्रतिशत सेयर छुट्याइएको छ। हाल स्टक डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब र जारी पुँजी १० अर्ब रहेको छ। सेयर बजारमा स्टक डिलरले घुमाउरो तरिकाले शेयरमा लगानी गर्दै आएको थियो । यसको लाभ तिनै कम्पनीलाई जाने कार्की थप्नु हुन्छ।

स्टक डिलरले विभिन्न कम्पनीका धितोपत्रहरुमा लगानी गर्नेछ। कम्पनीहरुको सेयर मूल्य सस्तो भएका बेलामा खरिद बढाउने र मूल्य बढेका बेला बजारमा आपूर्ति बढाएर सन्तुलित गर्न डिलर संचालनमा आएको हो। स्टक डिलरले बजार विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने लगानी कर्तामा आशा अनि भरोसा रहेको छ। पुँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न बजेटमा स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो।





सम्बन्धित समाचार