१० माघ २०७७, शनिबार   994 पटक हेरिएको


image

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(NIFRA) को साधारण सेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आगामी शुक्रबारसम्म आईपीओको बाँडफाँट हुनेछ । आईपीओमा १५ लाख ५० हजार ९० जनाले आवेदन दिएका छन् ।बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार १५ लाख ५० हजार ९० जनाले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँको आवेदन दिएका हुन् ।

बैंकको सेयरमा ४० कित्ता वा सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाउने देखिएको छ । त्यो भन्दा बढी आवेदन दिने आवेदनकर्तालाई गोलाप्रथा गरेर सेयर बितरण गरिने भएको छ ।कतिपय आवेदन रद्द हुने भएकोले रीतपुर्वक आवेदन दिने आवेदकले आईपीओमा आवेदकले ५० कित्ता सेयर पाउने देखिएको छ।

यस बैंकको साधारण शेयर खरीदको लागि यही   माघ २ बाट ६ गतेसम्म ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । जस मध्य उक्त साधारण शेयर मा (आईपीओ) १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा सर्वसाधारणको लागि निष्काशन गरेको थियो । बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ ।





सम्बन्धित समाचार