९ माघ २०७७, शुक्रबार   1547 पटक हेरिएको


image

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।यस कम्पनीले स्थानिय बासिन्दाहरू तथा सर्वसाधारणलाई २ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्रीका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ  । 

उक्त सम्झौता पत्रमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक निपेश तायल र  एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।यो कम्पनी पश्चिम नेपालको सबै भन्दा ठुलो सिमेन्ट उत्पादन कम्पनी हो ।यसका उत्पादनमा सोना,सोना टेक ,सोनाली ,सोना चाँदी,सोनापुर ,सोनाश्री सीमेन्ट आदि रहेको छ ।





सम्बन्धित समाचार