९ माघ २०७७, शुक्रबार   830 पटक हेरिएको


image

शेयर बजारमा आएको खुसियालीमा दिन प्रतिदिन लगानीकर्ताहरु बढ्दै आएको सबैलाई जानकारी भएकै हो।यसै क्रममा भर्खर शेयर बजार छिर्नेको लागी साधारण शेयर(आईपिओ) सुरुवाती लगानी गर्ने सुबर्ण अवसर हुनेछ । यसै बेला  ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघको तेस्रो सातादेखि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

यस कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ८० करोड रूपैयाँको १० प्रतिशत अर्थात १८ करोड रूपैयाँ बराबरको  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरू तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरहरूमध्ये बिक्री नभएका १६ हजार ९६ हजार ४ सय कित्ता शेयर गरी जम्मा ३४ हजार ९६ हजार ४ सय कित्ता साधारण शेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि) निष्कासन गर्न धितोपत्र बोर्डले माघ २ गते अनुमति प्रदान गरिसकेको  छ ।

यसको लागि ग्रीन लाईफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।





सम्बन्धित समाचार