९ माघ २०७७, शुक्रबार   604 पटक हेरिएको


image

धितोपत्र बजारमा लगानी गर्ने र बजारको उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले खोलिएको नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न अनुमति पाएको छ।

स्टक डिलर कम्पनीमा कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ। सर्वसाधारणका लागि ३० प्रतिशत सेयर छुट्याइएको छ। हाल स्टक डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब र जारी पुँजी १० अर्ब रहेको छ। सेयर बजारमा स्टक डिलरले घुमाउरो तरिकाले शेयर मा लगानी गर्दै आएको थियो । तर कोषले गरेको अहिलेको लगानीसँग स्टक डिलरको कुनै सम्वन्ध रहने छैन।


स्टक डिलरले विभिन्न कम्पनीका धितोपत्रहरुमा लगानी गर्नेछ। कम्पनीहरुको सेयर मूल्य सस्तो भएका बेलामा खरिद बढाउने र मूल्य बढेका बेला बजारमा आपूर्ति बढाएर सन्तुलित गर्न डिलर संचालनमा आएको हो। स्टक डिलरले बजार विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने लगानी कर्तामा आशा अनि भरोसा रहेको छ। पुँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न बजेटमा स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो।





सम्बन्धित समाचार