९ माघ २०७७, शुक्रबार   279 पटक हेरिएको


image

काठमाडौं । आधा दशकदेखि चलचित्रमा अभिनय नगरेका अभिनेता राजेश हमाल चाँडै नयाँ चलचित्रमा देखिने भएका छन् । उनी एउटा नयाँ चलचित्र दुई महिनापछि छायांकन सुरु गर्न लगिएको चलचित्रमा आबद्ध भएका छन् । शंकर कार्कीले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘सत्यम्’ मा अभिनेता हमाल मुख्य भूमिकामा आबद्ध भएका हुन् । निर्देशक कार्कीले चलचित्र रोमियोबाट निर्देशन सुरु गरेका थिए । चलचित्र सत्यम्को शीर्ष भूमिकामा अभिनेता हमाल आबद्ध भएको यी निर्देशकले बताएका छन् । अभिनेता हमालले पनि आफू सो चलचित्रको मुख्य भूमिकामा आबद्ध भएको पुष्टि गरेका छन् । अभिनेत्री उपासनासिंह ठकुरीलगायतसँग नायिकाका लागि कुराकानी भइरहेको निर्देशक कार्कीले बताएका छन् ।

यो चलचित्रमा राजेश हमालसँगै अनुपविक्रम शाही पनि अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारको छनोट भइरहेको पनि निर्देशक कार्कीले जानकारी गराएका छन् । यो चलचित्रमा नायिका भने चयन भएको छैन ।





सम्बन्धित समाचार