PalikaExpress
८ माघ २०७७, बिहीबार
706 पटक हेरिएको

यस महिला सहयात्रा लघुबित्त संस्था(MSMBS)को माघ ७ गते, बुधबार बसेको सञ्चालक समितिको १२२ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १०% बोनस शेयर र ०.५३% नगद (कर प्रयोजनका लागि) गरि कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयर लगानीकर्तालाई वितरण गरिनेछ ।