८ माघ २०७७, बिहीबार   130 पटक हेरिएको


image

छोरा कृष्णप्रसाद अधिकारीको ह’त्या’मा संलग्न दो’षीलाई का’नूनी का’रवाहीको माग गर्दै लामो समयदेखि अन’सनरत गङ्गामाया अधिकारीको स्वास्थ्य स्थिति सम्बन्धमा राष्ट्रिय मानव अ’धिकार आयोगले निरन्तर अनुगमन गरिरहेको छ ।

आयोगको बागमती प्रदेश कार्यालयले उहाँको जीवनर’क्षा, स्वास्थ्य उपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरेको छ । पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अ\नसनमा रहनुभएकी गङ्गामाया अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको भए तापनि निजको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको पाइएको छ ।

अतः निज गङ्गामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै जीवन रक्षा तथा उचित बसोबासको व्यवस्थापन गर्न, निजको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न तथा यसअघि नेपाल स’रकारले गरेका सम्झौताहरूको पालना गर्न आयोग नेपाल सरकारसँग पुनः आग्रह गर्दछ । साथै, आमरण अ’नसन जस्तो जोखिमयुक्त बाटो नरोज्न आयोग अनसनरत गङ्गामाया अधिकारीलाई आग्रह गर्दछ ।





सम्बन्धित समाचार