७ माघ २०७७, बुधबार   150 पटक हेरिएको


image

आजको आधुनिक डिजिटल समयमा धेरै आर्थिक गतिबिधि मोबाइलबाट गर्न सकिने भएको धेरै भएको छैन ।अहिले हरेक क्रियाकलाप मोबाईल बैकिंग मार्फ़त खरीद बिक्री हुने समय हो ।यसै बिच करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको कर,राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कर तथा राजस्व फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंकको  मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सकिने भएको हो ।

मोबाईल बैंकिङ मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड बीच सम्झौता समेत भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका हुन् । करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ ।

मोबाईल बैंकिङ प्रयोगकर्ताले मोबाईल बैंकिङ लगअन नै नगरि बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गइ रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरि करदाता संकेत नम्बर तथा  अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिनेछ । यस अघि फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले एभरेस्ट बैंक संग पनि सम्झौता गरि सकेका  छन  भने कर दाताले आफ्नो यी बैंकहरुबाट  कर तथा राजस्व सजिलै भुक्तान गर्न सक्ने भएको हो । 





सम्बन्धित समाचार