७ माघ २०७७, बुधबार   248 पटक हेरिएको


image

नेपाली शेयर बजारमा एक पछि अर्को बिभिन्न कम्पनीले साधारण शेयर गर्ने समय र शेयर बजारमा उत्साह छाएको बेलामा पिपुल्स हाइड्रोपावर कम्पनीले शेयर जारी गर्ने लागेको हो । लगानीकर्ताहरू पनि उत्साहित बनेर लगानी गरिरहेका छन् । अहिलेको  बजारको अवस्थामा लगानीकर्ताले राम्रो राम्रो कम्पनी छानेर लगानी गरिरहेको अवस्था छ । हाल हाइड्रोपावरमा पनि लगानीकर्ताहरूको  आकर्षण बढेको छ । यस्तै बेलामा पिपुल्स हाइड्रोपावर कम्पनी लि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको  हो । 

यस हाइड्रोपावर कम्पनी लिमिटेडले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको  हो । 

यस कम्पनीको  साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ  । उक्त सम्झौता पत्रमा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावरको तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् ।





सम्बन्धित समाचार