६ माघ २०७७, मंगलवार   386 पटक हेरिएको


image

रौतहट, रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट माघ ५ गते एपीएफ टोलीले श्रोत नखुलेको दुई लाख रुपैयाँसहित दुई जनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेहरुमा भारतको शिवहर ग्रामपंचायत ९ घर बताउने ३१ वर्षिय असरथ मन्सुरी र ३० वर्षिय ओसी मोहमद छन् । बीआर ३० वाई ५४३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित रुपैयाँ फेला परेको हो ।


उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि दुवै जनालाई प’क्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । प’क्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।





सम्बन्धित समाचार