६ माघ २०७७, मंगलवार   365 पटक हेरिएको


image

पहिचान नखुलेका श’वह’रूको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यास अनुरूप अद्यावधिक गर्नुपर्नेलगायतका मागहरू राखी डा. सुगम के.सी., सुनील महर्जन र रोहित श्रेष्ठ विगत १० दिनदेखि माइतीघर मण्डलामा ध’र्ना’मा रहेको अवस्था सम्बन्धमा आयोगले अनुगमन गरेको छ ।

पहिचान नखुलेका श’वह’रूको व्यवस्थापन सम्बन्धमा आयोगबाट नेपाल सरकारलाई यसअघि गरिएको सिफारिस कार्यान्वयन हुनुपर्ने, सबै बेवारिसे श’व’को प्रष्ट मुखाकृति देखिने फोटो र संक्षिप्त विवरण राष्ट्रिय र स्थानीय सञ्चार माध्यममार्फत सार्वजनिक गरिनुपर्ने, नेपाल सरकारले बे’वारिसे र हराएका मानिसको लागि अन्य देशहरुको जस्तै छुट्टै वेबसाइट खोली बेवारिसे श’ वको पहिचान गर्न पाउने हक सुनिश्चित गर्नुपर्ने जस्ता मागहरू राखी निजहरू धर्नामा बसेको अनुगमनबाट पाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले पहिचान नखुलेका श’वहरूको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको कानुनी व्यवस्था निर्माण गरी कार्यान्वयन गर्न र आवश्यक निर्देशिका बनाई श’वहरुको अभिलेख दुरुस्त हुने गरी अस्थायी समाधिमा व्यवस्थापन गर्न नेपाल सरकारलाई २०७४ फागुन २ गते सिफारिस गरेको स्मरण गर्दछ ।

आफ्नो पहिचान, धर्म, संस्कृति र परम्परा अनुरूप प्रत्येक व्यक्ति र निजको परिवारले मृ’तक’को अन्त्येष्टि गर्न पाउनुपर्ने अधिकारको सम्मान गर्दै बे’वारिसे अवस्थामा फेला परेका प्रत्येक श’वको तथ्याङ्क अद्यावधिक गर्न, श’वहरूको पहिचान गरी उनीहरूका आफन्तलाई जिम्मा लगाउने व्यवस्था मिलाउन तथा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न आयोग नेपाल सरकारलाई पुनः ध्यानाकर्षण गराएको छ  ।





सम्बन्धित समाचार