PalikaExpress
६ माघ २०७७, मंगलवार
1100 पटक हेरिएको

सिटिजन लाईफ ईन्सुरेन्स कम्पनी को सन्चालक समितिको ५६ औ बैठकको निर्णय अनुसार फागुन २ गते तेश्रो वार्षिक साधारणसभा काठमाडौंमा हुने भएको छ । यसै बैठकले कम्पनीको बार्षिक साधारण सभाबाट साधारण सेयर (आइपिओ) जारी गर्ने प्रस्ताव पेश सभामा लैजाने छ ।

इन्स्योरेन्सले ७५ करोड बराबरको ७५ लाख कित्ताको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर सर्वसाधारणमा निष्काशन तथा खुल्ला गर्नको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

इक्रा नेपालले कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई ट्रिपल बि (BBB)को रेटिङ प्रदान गरेको हो । यसले मध्यम क्रेडिट जोखिम रहेको देखाउँछ ।