६ माघ २०७७, मंगलवार   415 पटक हेरिएको


image

काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सले ३१% बोनस सेयर र करसहित २०% नगद गरी कुल ५१% लाभांश वितरण गर्ने प्रस्ताव माघ २८ गते होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे सुरु हुने वार्षिक साधारण सभामा लैजाने भएको छ । नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिसेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ । सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । माघ १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।





सम्बन्धित समाचार