६ माघ २०७७, मंगलवार   613 पटक हेरिएको


image

काठमाडौं । नेपाल एसबिआई बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा आजबाट पठाउन शुरु गरेको छ । बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ४७ प्रतिशत नगद लाभांश हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा पठाउन शुरु गरेको हो ।


खातामा पैसा आएन के गर्ने ?
हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका र हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र आफ्नो खातामा पैसा आउने बैंकले जनाएको छ । विभिन्न समयमा जारी गरेको हकप्रद शेयर खरीदका लागि आवेदन पेश गरी फिर्ता भएको लगानी रकम हालसम्म पनि केहि शेयरधनी लिन नआएकाले उक्त लगानी रकम कम्पनी ऐन २०६३ अनुसार लगानीकर्ता संरणक्ष कोषमा पठाई सकिएको हुँदा आफ्नो लिन बाँकी नगद लाभांश नेपाल एसबिआई मर्चेण्ट बैंकिङमा सम्पर्क राख्न समेत बैंकले आग्रह गरेको छ । पछिल्लो ५ वर्ष पछि पनि केहि शेयरधनी अझै लाभांश संकलन गर्न नआएकोले सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।





सम्बन्धित समाचार