५ माघ २०७७, सोमबार   1586 पटक हेरिएको


image

आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको जनाएको छ ।

अब यी पेट्रोलियम पदार्थहरुमा मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्ने जनाएको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सान रहेको निगमको भनाइ छ। त्यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर १३४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।





सम्बन्धित समाचार