
साधारण शेयर लगानी गर्ने लगानीकर्तालाई फेरी अर्को कम्पनीले साधारण शेयर गारी गर्ने भएको छ । जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा आम सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेको बेला यस कम्पनीले साधारण शेयर (आईपीओ) निकाल्ने तयारी गरेको छ ।

यस सामलिङ्ग पावर कम्पनी लिमिटेडले १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो । आईपीओ निष्कासन गर्नका लागि सामलिङ्ग पावर कम्पनी लिमिटेडले रेटिङ सम्पन्न गरेको छ ।
नेपाल धितोपत्र बोर्ड (SEBON)को व्यवस्था अनुसार सार्वजनिक निष्काशन गर्नुपूर्व क्रेडिट रेटिङ कम्पनी इक्रा नेपाल मार्फत रेटिङ गराएको हो । इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपि डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत निष्काशित शेयरको प्रत्याभूति गराएको छ ।