५ माघ २०७७, सोमबार   700 पटक हेरिएको


image

आज प्रदेश २ सरकारले त्यस  प्रदेशमा सार्वजनिक बिदा दिएको छ । शहीद भएका रमेश महतोको सम्झनामा बलिदानी दिवसको अवसरमा प्रदेश २ को प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा बलिदानी दिवस मनाइने बताइएको छ ।





सम्बन्धित समाचार