४ माघ २०७७, आईतवार   444 पटक हेरिएको


image

घरजग्गा खरिद बिक्रि आम मानिसको जीवनमा बिरलै हुने घटना मानिन्छ । त्यसैले अधिकांशलाई घरजग्गा खरिद बिक्रिका क्रममा चाहिने आबश्यक कागजातबारे खासै जानकारी हुँदैन् । घरजग्गा किनबेचलाई कानुनी भाषामा रजिष्ट्रेसन पास भनिन्छ । क्रेता र बिक्रेतावीच भएको सहमतिलाई बैधानिकता दिने यो प्रकृयामा किन्ने र बेच्ने दुवैले धेरै किसिमका कागजातहरु तयार पार्नुपर्ने हुन्छ । यस्ता कागजात सूची र ती प्राप्त गर्ने तरिका थाहा नहुँदा अधिकांश मानिस धेरैपटक मालपोत कार्यालय धाउनुपर्ने हुन्छ । त्यसैले आज हामी तपाईलाई रजिष्ट्रेसन पास गर्दा आबश्यक पर्ने कागजात र ती प्राप्त गर्ने तरिकाबारे विस्तृतमा जानकारी दिँदै छौं ।

१.जग्गाधनी प्रमाण पुर्जाको सक्कल तथा फोटोकपी जग्गा पास गर्दा खरिद बिक्री गर्न लागिएको जग्गाधनी प्रमाण पुर्जा अर्थात् लालपूर्जाको सक्कल र फोटोकपी आवश्यक पर्छ । जग्गाको विवरण हेर्न तथा फाइलमा प्रमाणको रुपमा संलग्न गर्न फोटोकपी भएपनि हुन्छ तर जग्गा पास गर्ने दिन भने सक्कल जग्गाधनी प्रमाण पुर्जा नभई हुँदैन । यो जग्गा बिक्रीकर्तासँग हुने भएकोले जग्गा पास गर्ने दिन बिक्रेतालाई सक्कली पूर्जा नै ल्याउन अनुरोध गर्नुपर्छ । २.घर तथा जग्गा किन्ने र बेच्नेको नागरिकताको सक्कल तथा फोटोकपी साथमा हुनुपर्छ । फोटोकपीमा सम्बन्धित व्यक्तिले सही गरी फाइलमा समावेश गर्नुपर्छ भने मालपोत अधिकृत वा कर्मचारीले सम्बन्धित व्यक्ति हो की होइन भनी सनाखत गर्ने बेलामा आँफै उपस्थित भई नागरिकताको सक्कल कपी देखाउनुपर्छ ।

३.मालपोत कर तिरेको रसिद तथा घरसमेत भए करचुक्ता प्रमााणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत कर तिरेको रसिदको फोटोकपी तथा घर समेत भए घरको कर तिरेको कर चुक्ता प्रमाणपत्रको फोटोकपी तथा सक्कल समेत ल्याउनु पर्छ । हाल यस्तो कर महानगरपालिका, नगरपालिका तथा गाउ“पालिकाहरुको वडा कार्यालयहरुमा तिर्ने गरिन्छ । कानून बमोजिमको कर तिरेपछि उनीहरुले नै रसिद तथा करचुक्ताको प्रमाण पत्र दिने गर्दछन् ।

४.राजीनामाको लिखत घर जग्गाको थैली कति राखिएको छ जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गा रहेको वडा, नक्सा सीट नं., मोठ, पाना नं. लगायतका कुरा लिखतमा उल्लेख गर्ने भएकोले पहिलाको लिखतको सक्कल तथा फोटोकपी समेत आवश्यक पर्छ । सोही बमोजिमको विवरण हुबहु हेरी फरक नपर्ने गरी सरकारी मूल्यांकन तथा चलनचल्तीको बजारमूल्यलाई समेत मध्यनजर गरी खरिदकर्ता र बिक्रीकर्ताको सहमतिमा किन्ने व्यक्तिको नाउँमा नयाँ लिखत तयार गर्नुपर्छ । यस्तो लिखतमा १/१ जना साक्षी राख्नुपर्छ । साक्षी राख्दा सकेसम्म किन्ने र बेच्नेका एकाघरका हकदार व्यक्तिलाई राख्न सकेमा कानूनी रुपमा सुरक्षित मानिन्छ । अहिले धेरैजसो मालपोत कार्यालयहरुले अनलाइन सेवा सुरु गरिसकेको हुनाले अनलाइनमा सबै विवरण भरेर त्यसैलाई प्रिन्ट गरेर प्रमाणित गर्ने गरिन्छ । थैली कायम गर्दा सकेसम्म पुरै खरिद मूल्य राख्नुपर्छ । पछि कुनै कानूनी समस्या, मुद्दा मामिला परेमा सोही बमोजिम पाउने हुँदा कानूनी रुपमा सुरक्षित हुन्छ ।

५.घरबाटो तथा चार किल्ला सिफारिश उक्त जग्गा कच्ची, पक्की तथा कति चौडाइको बाटोमा रहेको जग्गा हो । त्यहाँ घर छ की छैन त्यसको चार किल्लामा क–कसको कस्तो जग्गा वा घर रहेको छ घर र जग्गा भए तिनिहरूको कित्ता न. उल्लेख गर्नु पर्ने आदी कुरा खुलाएर सम्बन्धित वडा कार्यालयले सिफारिश दिने गर्छ, जुन सिफारिश जग्गा बिक्रेताले ल्याउनु पर्छ । नियमानुसारको शुल्क लिएर वडा कार्यालयले उक्त सिफारिश उपलब्ध गराउँछन् ।





सम्बन्धित समाचार