४ माघ २०७७, आईतवार   176 पटक हेरिएको


image

एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभाले संस्थाको आ.व.२०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन ,वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र अन्य वित्तीय विवरण ऊपर छलफल गरि पारित गरिएको छ ।

यसका साथै  यसै सभाले एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लि बीच भएको संयुक्त मर्जरको सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ । संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत  साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।

त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्वगर्ने २(दुई) जना संचालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई संचालक पदमा नियुक्त हुनुभएको छ।यस लघु बित्तीय संस्थाले दुर्गम पहाड़ी क्षेत्रमा बित्तीय सेवा प्रदान गर्दै आएको छ। डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।





सम्बन्धित समाचार