
चन्द्रागिरी हिल्सको साधारण शेयरको पुस २४ गते देखि २८ गते सम्म सर्वसाधारणका लागि खुला गरिएको शेयरको बाड्फ़ाड अब चाडै हुने भएको छ। अहिले सम्म नै धेरै आवेदन परेको यस कम्पनीको आईपिओमा १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको हो।अहिले यही नै कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ता बढ़ी भए पनि अबका दिनमा यो भन्दा बढ़ी नै हुने पक्का भएको छ।
कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको छ ।
यस कम्पनीको शेयरमा कम्तीमा १०कित्ता प्रतिब्यक्तिलाई वितरण गर्दा पनि कम्पनीको साधारण शेयरमा १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन। यस कम्पनीको साधारणशेयर को बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपिओ बाडफाडको काम यो साता भित्र नै गर्ने गरि तयारी भइरहेको जानकारी दिनु भएको छ।