४ माघ २०७७, आईतवार   370 पटक हेरिएको


image

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले माघ ४ गते बाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।

यस हाईड्रो कम्पनीले उधोग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। आइपीओमा स्थानिय बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको थियो।कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयरमा स्थानीयले छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ। यस कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार