३ माघ २०७७, शनिबार   223 पटक हेरिएको


image

आजको आधुनिक डिजिटल समयमा धेरै आर्थिक गतिबिधि मोबाइल गर्न सकिने भएको धेरै भएको छैन ।अहिले हरेक क्रियाकलाप मोबाईल बैकिंग मार्फ़त खरीद बिक्री हुने समय हो ।यसै बिच करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको कर,राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेष्ट बैंक मार्फत भुक्तानी हुने करतथा राजस्व फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंकको  मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सकिने भएको हो ।


मोबाईल बैंकिङ मार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन पे पेमेन्ट सर्विस लिमिटेडका बिचमा सम्झौता समेत भएको छ। सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक आशु्तोष शर्मा र फोन पे का तर्फंबाट प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका हुन्। 

करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ । मोबाईल बैकिङमै यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।अब सजिलै करतथा राजस्व घरबाट नै भुक्तानी गरि ढुक्क भई बस्न सकिने भएको छ ।





सम्बन्धित समाचार