३ माघ २०७७, शनिबार   1032 पटक हेरिएको


image

यस बित्तीय संस्था सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङको दोश्रो वार्षिक साधारण सभा मङ्गलबार बागलुङ बजारमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको आ.व. २०७६।०७७ को प्रतिवेदन पारीत गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृत प्राप्त भए पश्चता यसै आर्थिक वर्षमा सर्वसधारणका लागि प्राथामिक शेयर (आईपीओ) निश्काशन गर्ने निर्णय गरेको छ ।
साधरण सभाले आ.व. २०७६/७७ को लागि लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्न एबम् निजको पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । सभाले संस्थाको प्रवन्धक पत्र नियमावलीमा आवश्यक संसोधन गर्न र अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थासंग प्राप्ती तथा मर्ज गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन समेत सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभामा संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त संस्थाहरु कार्यक्रमको मुल मर्म भन्दा विपरीत गई नाफामुखि र बजार केन्द्रित भएकाले समस्या सिर्जना भईरहेको बताउनु भएको थियो । उहाँले वर्तमान परिपे्रक्षमा यस वित्तीय संस्थाले नाफासंगसंगै ग्रामिण दुरदराजमा गई वित्तीय तथा गैर वित्तीय कारोवार सञ्चालन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।कार्यक्रममा संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले शेयरधनी समक्ष साधारण प्रस्ताव र विशेष प्रस्ताव पेश गरी शेयरधनीबाट आएका जिज्ञाँसाहरुलाई समाधान गर्नुभएको थियो ।कार्यक्रम समापनका क्रममा संस्थाका अध्यक्ष शर्माले सिवाईसीले ग्रामिण क्षेत्रका विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउदै संस्थालाई देशकै उत्कृष्ठ संस्था निर्माणमा सञ्चालक समिति र कर्मचारीहरु अहोरात्र खटिरहेको बताउनु भएको थियो । उहाँले शेयरधनीहरु पनी संस्थालाई आवश्यक परेको समयमा सक्रिय हुनुपर्ने भनाई राख्नु भएको थियो ।साधारण सभाको कार्यक्रम प्रवन्ध सञ्चालक शर्माको स्वागत र संस्थाको प्रवन्धक संगिता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।





सम्बन्धित समाचार