२ माघ २०७७, शुक्रबार   138 पटक हेरिएको


image

नेपाल धितोपत्र बोर्ड (SEBON)ले एक सुचना जारी गरि माघ ११ गतेदेखि शेयर कारोबारमा टि प्लस टु लागु हुने जनाएको थियो ।यसै क्रममा २०७७.१०.०२ गते शुक्रबारका दिन केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि) र ब्रोकरबीच भएको छलफलमा माघ ११ गतेदेखि टि प्लस टु लागु गर्ने निर्णय भएको हो।

आज शुक्रबार भएको छलफलमा आगामी माघ ११ गतेदेखि टि प्लस टु कार्यन्वयनमा ल्याउने निर्णय भएको ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले बताए।हाल शेयर कारोबारमा राफसाफ तथा फछ्र्यौट चक्र टि प्लस थ्रि रहेको छ। टि प्लस टु लागु गर्न नेपाल धितोपत्र बोर्डले पनि स्वीकृति दिइसकेको छ।





सम्बन्धित समाचार