PalikaExpress
२ माघ २०७७, शुक्रबार
110 पटक हेरिएको

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB)ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद गरी कूल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ५४१ औ बैठकको निर्णय अनुसार ३४ औ बार्षिक साधारण सभा भर्चयल माध्यम बाट हुने भएको हो ।

उक्त प्रस्ताव पारितका लागि बैंकले माघ ८ गते बार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान १० बजे गर्ने भएको छ । बैंकको सो लाभांश प्राप्त गर्न पुस २१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
बुधबारसम्म कम्पनीको शेयर मूल्य ४८५ कायम भएको छ । सो दिन कम्पनीको ६२ हजार ३३ कित्ता शेयर खरिद विक्री भएको हो । ·