२ माघ २०७७, शुक्रबार   177 पटक हेरिएको


image

नेपालमा भूकम्प भन्ना साथ वि.सं.२०७२ बैशाख १२ गतेको भूकम्पले ताजा स्मरण गराऊछ ।नेपालको भूमिमा भूकम्प को लामो ईतिहास भए पनि विसं १९९० माघ २ गतेको भूकम्पलाई ईतिहास मानिदै आएको छ ।  त्यसैले आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

नेपालको भूकम्प इतिहासमा सबैभन्दा विभत्स र विनाशकारी भूकम्प वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पमा परी झण्डै ९ हजार जनाको मृ’त्यु भएको थियो भने काठमाडौँ उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाएका थिए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत गरी दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ । यसै गरि वि.सं. २०७२ को भूकम्पले पनि धेरै नै जनधनको क्षति भएको धेरै समय भएको छैन ।





सम्बन्धित समाचार