२ माघ २०७७, शुक्रबार   157 पटक हेरिएको


image

नेपाल इन्फ्रास्ट्रकचर बैंकले आज मिति २०७७ माघ २ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । बैंकले २०७७ माघ २ गतेदेखि आईपिओ निष्काशन गर्ने गरि  आह्वान पत्र प्रकाशित गरिसकेको छ । लगानीकर्ताहरुले उक्त आइपिओ न्यूनतम १० कित्ता देखि बढीमा २ करोड कित्ताको लागि आवेदन दिन सक्नेछन्  । लगानीकर्ताहरुले उक्त आइपिओमा माघ २ गतेदेखि छिटोमा माग ६ गतेसम्म र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यस बैंकले  एक सय रुपैयाँ दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको साधारण शेयर (आईपिओ)निष्काशन गर्ने छ।  कुल साधारण शेयर (आईपिओ)को ५ % सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने कर्मचारीलाई  ०.०२ % शेयर छुट्याईएको छ।  अरु बाँकिरहेको शेयर सर्बसाधारणको लागि निष्काशन हुने छ । कर्मचारी र सामुहिक लगानी कोषलाई बितरण पछि बाकी रहेको ७ ,५८,४०,००० कित्ता सर्ब साधारणले पाऊने छन ।

बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ ।  ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

यस बैंकको लागि नेपाल धितोपत्र बोर्ड (SEBON)ले बैंकलाई २०७७ पुस १० गते साधारण शेयर निष्काशनको अनुमति दिएको थियो ।अहिले सम्म कै नेपाली बजारमा आउँन लागेको यो हालसम्म कै धेरै संख्याको साधारण शेयर हो।यस बैंकको साधारण शेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको लागि एनआइबिएल एस क्यापिटल रहेको छ । अहिले सम्मको तथ्यांक हेर्ने हो भने डीम्याट खाता खोल्नेको बिबरण अनुसार २४ लाख ५० हजार नाघेको छ भने मेरो शेयर को यूजरनेम र पासवर्ड लिनेको संख्या १६ लाख को हाराहारी पुगेको जानकारी प्राप्त भएको छ । यही डाटालाई आधार मान्ने हो भने यो बैंक को शेयर मा न्यूनतम  ५० देखि ७० कित्ता भन्दा माथीको लागि शेयर आबेदन दिंदा उपयुक्त हुने बताउछ्न ।





सम्बन्धित समाचार