PalikaExpress
१ माघ २०७७, बिहीबार
642 पटक हेरिएको

चन्द्रागिरि हिल्सको आईपीओमा आवेदन दिने सबैले अब केबुलकारको टिकटमा २५ प्रतिशत छुट पाउने भएका छन् । कम्पनीको ११ औं बर्षिक सधारण सभामा उक्त कुराको जानकारी दिई बिज्ञप्ती जारी गर्दै यो जानकारी दिएको हो। यही २०७७ पुस २९ गते बसेको साधारण सभाले चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वासलाई मध्य नजर गर्दै उक्त् छुटको व्यवस्था गरेको हो ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त योजना सार्वजनिक गरेका हुन् । उक्त छुट पाउनका लागि आवेदनकर्ताले सेयरमा आवेदन दिएको कुनै न कुनै प्रमाण देखाएको आधारमा छुट पाईनेछ । उक्त योजना माघ ५ गतेदेखि १ बर्षसम्मका लागि लागु हुने भएको हो ।