१ माघ २०७७, बिहीबार   172 पटक हेरिएको


image

अहिले नेपालमा अर्को नयाँ सहकारी बैंक सञ्चालनमा ल्याउने तयारीमा रहेको छ।यसका लागि प्रारम्भिक भेला यही मिति २०७७ माघ १७ गते हुने गरि डाकिएको छ। यस भेलाबाट छलफल गरी यो बैंकको दर्ता प्रक्रिया सुरु गर्न सहकारी विभागमा फाइल पठाइनेछ भने स्वीकृति लिन नेपाल राष्ट्र बैंकमा प्रक्रिया अगाडि बढाइनेछ।यस बैंकको नाम “नेपाल सहकारी बैंक” राख्ने प्रस्ताव गरिएको छ भने यो बैंक हाल सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकको विकल्प बन्न सक्ने बताइएको छ। 

यस बैंकको नेपालमा रहेको सहकारी संस्थाहरुले मात्र कारोबार गरे पुग्ने जनाएको छ , यो हाल सञ्चालनमा रहेको “राष्ट्रिय सहकारी बैंक” को प्रतिस्पर्धी हुन सक्ने भएको छ । सहकारी बैंक दर्ता हुन ५०१ सहकारी संस्था आवश्यक छ। हालसम्म करिब १ हजार संस्थाले दर्ता प्रक्रियामा सहभागी हुने बताइएको छ। आवेदक सहकारी  लगातार ३ वर्षदेखि नाफामा रहेको हुनुपर्ने प्रावधान छ।सुरुआत अवस्थामा यो बैंकको सेयरपुँजी ३ अर्ब रुपैयाँ हुने बताइएको छ। मुलुकभरको करिब ३५ हजार सहकारी संस्थाहरुको आर्थिक कारोबार राख्ने गरी यो बैंकको स्थापना गर्न प्रक्रिया बढाइएको जानकारी प्राप्त भएको छ।





सम्बन्धित समाचार