PalikaExpress
१ माघ २०७७, बिहीबार
759 पटक हेरिएको

नेपालमा सरुवा रोग तथा कोरोना भाइरस संक्रमितको उपचार गर्ने मुख्य अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अबदेखि पुनःनन-कोभिडका बिरामीको उपचार समेत गर्ने भएको छ।

अब देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले आइतबार (माघ ४) देखि नन कोभिड बिरामीको उपचार सुरु गर्ने भएको छ। कोभिड विशेष अस्पतालको रुपमा सेवा दिँदै आएको शुक्रराज अस्पतालले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि नन कोभिडका बिरामीको सुरु गर्ने जनाएको छ।
अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ ४ गते आइतबारदेखि लागू हुने गरी पूर्ववत रुपमा नन कोभिड बिरामीहरुका लागि समेत अस्पतालमा उपलब्ध सेवा प्रवाह सूचारु गरिएको व्यहोरा सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँछौं।