१ माघ २०७७, बिहीबार   395 पटक हेरिएको


image

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL)को नवौँ तथा दसौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।  यस बैंकको सभा काठमाण्डौ सम्पन्न भएको हो । गत दुई आर्थिक वर्षको लाभांश पारित गर्दै सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापुँजी रकम रु. ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० रुपैयाँको ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश सेयर अनुमोदन गरेको छ। 

यसैगरी सभाले उक्त बोनस सेयर वितरणपश्चात हुन आउने चुक्तापुँजी रकम रु. ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँको गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।  यस  सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित दुवै आर्थिक वर्षको आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका बिभिन्न बित्तिय बिबरणको प्रतिवेदनहरु ऊपर छलफलबाट  पारित गरेको छ।





सम्बन्धित समाचार