२९ पुष २०७७, बुधबार   289 पटक हेरिएको


image

ग्लोबल आइएमई बैंक लिमिटेडको १४ औँ वार्षिक साधारण सभा आज पुस २९ गते बुधबार काठमाडौंमा सम्पन्न भएको छ । सभामा आ.ब.२०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर लगानीकर्ताहरूलाई १४% बोनस शेयर र २%नगद लाभांश गरी १६% लाभांश दिने निर्णयलाई पारित गरिएको छ ।

यसका साथै यस बैंकको सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ । अन्य सञ्चालक सदस्यहरूमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन् । त्यसैगरी, नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् ।





सम्बन्धित समाचार