२९ पुष २०७७, बुधबार   589 पटक हेरिएको


image

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको छ । 

यस कम्पनीको २०७७ पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३ औ वार्षिक साधारण सभा माघ २२ गते बिहीबार काठमाण्डौमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रिमियममा निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसका साथै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आ.ब. २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू ऊपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।





सम्बन्धित समाचार