२९ पुष २०७७, बुधबार   613 पटक हेरिएको


image

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयरमा लगानी गर्नेको अन्तिम दिन पनि लगानीकर्ताको उस्तै ओइरो लागेको छ ।अन्तिम दिन २०७७.०९.२८ गेट बेलुका ५ बजे सम्ममा १२ लाख ५२ हजार जना भन्दा बढ़ीको आवेदकले २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।यो सर्वसाधारणको लागि माग गरिएको भन्दा १७.५३ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थोरै तलमाथि हुन सक्नेछ ।

कम्पनीले पुस २४ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड़ ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो । जसमा १३ लाख ९६ हजार २२ कित्तामा सर्बसाधारणलाई १० कित्ताको दरले पनि १,३९,६०२ जनाले मात्र शेयर पाऊने छन ११ लाख १२ हजारभन्दा बढ़ीको हात खाली हुने पक्का नै छ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।





सम्बन्धित समाचार